मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सावधान बेनिशा !

फिल्मीखबर, काठमाण्डौ, 2014/11/19
कलाकारहरु सार्वजनिक कार्यक्रममा पुग्न चाहन्छन् । आफ्नो सक्रियता देखाउन र मिडियामा आफ्नो उपस्थिती गराउन सेलिब्रेटी सार्वजनिक कार्यक्रममा पुग्ने गर्दछन् । तर, सार्वजनिक कार्यक्रममा सम्हालिन नसक्दा यिनै सेलिब्रेटी हाँसोको पात्र पनि बन्ने गर्दछन् ।
 
 
सार्वजनिक कार्यक्रममा पुगेर नकारात्मक समाचारले घेरिने सेलिब्रेटीमा बेनिशा हमाल पनि एक हुन् । पछिल्ला केहि कार्यक्रममा पोशाकका कारण चर्चा र विवादमा पर्दा वेनिशालाई पनि दिक्क लागेको हुनुपर्छ ।
 
केहि महिना अघि आयोजना भएको एक कार्यक्रममा वार्डरप मालफक्शनमा परेकी वेनिशा फिल्म 'जेरी'को विशेष शोमा कफि पोखिंदा तनावमा परिन् । सेतो कपडामा पोखिएको कफिको दागलाई मिडियाले विभिन्न कोणबाट प्रस्तुती गर्दा वेनिशा पक्कै दु:खी बनिन् ।
 
बर्षौंदेखि कमाएको इज्जत एउटा सार्वजनिक कार्यक्रमबाट नै गुमाउन पर्दा दु:ख कस्लाई लाग्दैन र ? त्यसैले बेनिशा अब भने यस्ता सार्वजनिक कार्यक्रममा सावधान भएर उपस्थित हुनुपर्ने देखिन्छ । नत्र बारम्बारको गल्तिले पब्लिसिटीको स्टन्ट भन्न बेर लाग्दैन । सावधान बेनिशा !