मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सलमान गाउने कट्रिना नाच्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/11/19
बलिउड अभिनेता सलमान खानकी बहिनी अर्पिताको मंगलबार हैदरावादको फलकुनुमा प्यालेसमा भव्य बिहे भयो । बिहेमा बलिउडका धेरै जसो कलाकार पुगे । तर, यसमा मुख्य रुपमा आकर्षणमा कट्रिना कैफ रहिन् ।
 
 
सलमानले बिहेमा कट्रिनाका प्रेमी नायक रणवीर कपुरलाई बोलाएनन् । तर, आफ्नी पूर्व प्रेमिका कट्रिनालाई एक्लै बोलाए । कट्रिना र अर्पिता नजिकका साथी भएकाले पनि उनलाई विशेष रुपमा बोलाइएको हुनसक्छ ।
 
बिहेमा सलमानले दिल खोलेर गीत गाए । उनले ‘जुम्मा चुम्मा’ बोलको गीत गाएका थिए । सलमानले गीत गाउँदै गर्दा उनकी पूर्व प्रेमिका कट्रिना कैफ स्टेजमा आइन् र नाच्न थालिन् । अभिनेता आमिर खानले यो जोडीलाई साथ दिएका थिए । बिहे समारोहमा गायक मिंका सिंहले पनि गीत गाए ।
 
निक्कै धुमधामका साथ भएको बिहेमा बलिउड र राजनीतिक क्षेत्रका थुप्रै व्यक्तिहरुको उपस्थिती थियो । सलमानले मुम्बइमा शुक्रबार बिहे भोजको आयोजना गर्दैछन् ।