मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यनका दुई फिल्मका यस्तो छ लुक

फिल्मीखबर, काठमाण्डौ, 2014/11/20
फाल्गुण ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'आवेग'को फष्टलुक सार्वजनिक भएको छ । फष्टलुकमा फिल्मका कलाकार कोही पनि समावेश गरिएको छैन ।
 
 
सूर्य कार्कीको प्रस्तुतीमा तयार भएको यो फिल्मलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् । फष्टलुकमा कलाकार नराख्दा दर्शकमा कौतुहलता बढ्ने भनाई निर्देशन निरौलाको छ । फिल्ममा आर्यन सिग्देल, ध्रुब दत्त, अर्चना देलाल, पवित्रा आचार्य लगायतका कलाकारको अभिनय छ । 
 
 
यस्तै आर्यन अभिनित फिल्म 'अलबिदा'को पोस्टर पनि सार्वजनिक भएको छ । लक्ष्मण रिजाल निर्देशित यो फिल्ममा आर्यनसँगै हसन खान, अनिता आचार्य र नागेन्द्र रिजालको मुख्य भूमिका छ । पौष २५ गते रिलिज हुने यो फिल्म हिन्दू र मुस्लिम युवायुवतीको प्रेमकथामा आधारित छ ।