भोली अर्थात मंसिर ५ गतेबाट फिल्म ‘हमजाएगा’ हलमा लाग्दैछ । फिल्मको निर्माण यूनिटको दौडधुप अझै सकिएको छैन । नामकै कारण दर्शकलाई केही पृथक लाग्ने यो फिल्म कमेडी कथामा केन्द्रित छ ।
.jpg)
फिल्ममा मुख्य २ पात्र छन्, बाबु बोगटी र विल्सन विक्रम राई । फिल्मको शिर्ष पात्रमा कुन कलाकार छन्, जान्नका लागि हलमै जानुपर्ने निर्माणपक्ष बताउँछ । तर, बाबुले भने आफू नै शिर्ष भूमिकामा रहेको रहस्य खुलाएका छन् ।
सुरेन्द्र पुनले निर्देशन गरेको फिल्मले दार्जलिङका एक चर्चित सवारी चालक हमजाएगाको नाम सापटी लिएको हो । यसैले पनि फिल्मको व्यापार पूर्वका शहरमा अझ बढि हुने अपेक्षा गर्न सकिन्छ ।
फिल्ममा बाबु बोगटी, विल्सन विक्रम राईको साथमा नव अभिनेत्री ऋचा धिताल, मोडल पार्वती राइको मुख्य भूमिका छ । यसअघि 'साहसी' बनाएर सफलता कमाएका भोजबहादुर गुरुङले 'हमजाएगा'लाई प्रस्तुत गरेका हुन् । विल्सन विक्रम राइको कमेडी दर्शकामाझ हिट रहेकाले पनि दर्शक हमजाएगामा आकर्षित हुन सक्ने देखिन्छ ।

