Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17185 - 17190 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-09-17, बुधवार

कलाकारको बर्गीकरण नेपाल सरकारले गर्न लागेको बिषयमा चर्चा भईरहँदा सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले मुख खोलेका छन् ।कलाकारको बर्गीकरण गर्ने सरकारको कुनै मनसाय नभएको मन्त्री रिजालको भनाई छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-09-17, बुधवार

‘हिम्मतवाली’ फिल्ममा अभिनय गरेका कलाकार सुदर्शन गौतमले रेखा थापासँगको प्रेमलाई पनि नकारेका छन् । उनका अनुसार रेखा मिल्ने साथी हुन् । विवाह हुनसक्छ कि सक्दैन भन्ने संचारकर्मीको प्रश्नमा सुदर्शनले भविष्यले नै बताउने बताए ।

सुमन गैरे, काठमाण्डौ, 2014-09-17, बुधवार

छबिराज प्रोडक्सनकी नव अभिनेत्री शिल्पा पोखरेललाई हालखबर सोध्दा आउने उत्तर हुनेछ, `लज्जा` `लज्जा` `लज्जा` ! १३५ म्युजिक भिडियो र 'घरबेटी बा' टेलिफिल्ममा अभिनय गरेपश्चात 'लज्जा' फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी शिल्पाले फिल्म गर्नु अघि र पछिका अनुभव साटेकी छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-09-17, बुधवार
फिल्ममा जस्तै रियल लाईफमा पनि हसनको प्रेम टुक्रिएको छ । अझ भनौं उनको प्रेमको अलबिदा भएको छ । लामो समयदेखि मोडल आयुष्मा श्रेष्ठसँग प्रेममा रहेका हसन अहिले एक्लो भएका छन् । केही महिना अगाडी मात्रै आयुष्माले हसनलाई छाडेर पोर्चुगलको एक युवकलाई रोजिन् । फिल्ममा जस्तै आयुष्मा हाँसिन्, हसन रोए । 
 
फिल्मीखबर, काठमाण्डौ, 2014-09-17, बुधवार

पशुपतिनाथ फाउन्डेसनले दक्षिण क्यालिफोर्नियाको लस एन्जलसमा बस्ने नेपालीहरुलाई बडा दशैंको अवशर पारेर नेपालका बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हाँस्य प्रस्तुति 'मह जात्रा' प्रस्तुत गर्ने भएको छ । उक्त मह जात्राका लाही मह जोडी अमेरिका पुगेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-09-16, मंगलवार
 
फिल्म क्षेत्रमामा लागेको करिब १२ बर्ष वितिसक्दा पनि अभय संघर्ष नै गरिरहेका छन् । उनी हाल फिल्म 'कुर्वान'को छायांकनमा व्यस्त छन् । हिरो बन्नका लागि उनले खुबै मिहिनेत गरे । व्यस्त हुने र चर्चामा आउने आशमा उनी कहिले नृत्य सिक्न पुगे त कहिले द्धन्द । तर, उनले सोचेजस्तो अझै भएको छैन ।  
Results : 17185 - 17190 of 24017