Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कट्रिनासँग बिहे गर्न चाहन्थे सलमान

फिल्मीखबर, काठमाण्डौ, 2014/11/20
आफ्नी बहिनी अर्पिताको बिहेमा बलिउडका अविवाहित चर्चित अभिनेता सलमान खानले नयाँ कुरा खुलासा गरेका छन् । बिहेमा उपस्थित सयौं अतिथीका अगाडि उनले अभिनेत्री कट्रिना कैफसँग आफूले बिहे गर्न चाहेको खुलाएका हुन् ।
 
 
 
जब बिहेमा कट्रिनाले अभिनय गरेको ‘सिला की जवानी’ बोलको गीत घन्कियो सलमानले कट्रिनालाई नाच्नका लागि स्टेजमा बोलाए । तर, कट्रिना निर्देशक करण जोहरको पछाडि गएर लुकिन् । फेरि सलमानले करणलाई कट्रिनालाई स्टेजमा ल्याउन आग्रह गरे । कट्रिना स्टेजमा आउन लाज मानिन् ।
 
यसपछि सलमानले कट्रिना कपुर स्टेजमा आउन भने । यसपछि सलमानको आग्रहलाई अभिनेत्री कैफले स्विकार गरिन् । कपुर भन्दा स्टेजमा आएपछि सलमानले भने–‘म त कट्रिना खान नै बनाउन चाहन्थे तर उनले कपुरलाई रोजिन् ।’
 
सलमानले कट्रिनाले आफूलाई छोडेर कपुर परिवारलाई रोजेको भन्दै उनीसँग बिहे गर्ने मनसाय रहेको खुलासा गरेका छन् । कट्रिना यतिबेला बलिउडका अर्का नायक रणवीर कपुरसँग प्रेममा छिन् । उनीहरु एकसाथ रहेको भारतीय मिडियामा बारम्बार समाचार आउने गरेको छ ।
 
Most Visited News (monthly)