
कार्यक्रम सकिएपछि झुल्किए विल्सन निर्धारित समय भन्दा झन्डै ४५ मिनेट ढिलो शुरू भएको फिल्म 'हमजायगा'को प्रेसमिटमा मुख्य पात्र विल्सन विक्रम राई भने कार्यक्रमा सकिएपछि मात्रै झुल्किए । फाटेको पाईन्टमा झोला बोकेर अरू बेला भन्दा भिन्न गेटअपमा आएका विल्सनले ढिलो आएकै कारण माफी मागे ।

फागुन १५ मा रिलिज मिति तोकिएको नेपाली फिल्म ‘अझै पनि’ युनिटले प्रचार-प्रसारको थालनीको लागि मंगलवार भगवानको चरण छोएको छ । फिल्म निर्माण टिमले राजधानीको कमलादिस्थित गणेश मन्दिरमा पूजा गरेर प्रचारको साईत निकालेको हो ।


चर्चित अभिनेता सुनिल थापा विरामी भएका छन् । भाईरल फिभवरका कारण थापालाई अल्का अस्पतालमा भर्ना गरिएको छ । थापा हाल जावलाखेल स्थित अल्का हस्पिटलमा उपचारार्थ छन् ।


जीवनलाई नै थाहा छैन कस्लाई 'प्राण' बनाएँ भन्ने कुरा । जब उनलाई एक अपरिचित व्यक्तिको ईमेल आयो तब उनी तीनछक परे । जीवनलाई आएको प्रेमपत्रमा ति अपरिचित महिला (इमेलमा आएको नाम महिलाको भएकाले) ले मेरो प्राण भनेर सम्बोधन गरेकी छिन् ।

