मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

अम्बरे हेरेर कस्ले के भने ? (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/11/22
हिजो शुक्रबारबाट प्रदर्शनमा आएको 'श्री ५ अम्बरे'ले उठाएको कथाबस्तु राम्रो र प्रस्तुती राम्रो रहेको दर्शकको प्रतिकृया दिएका छन् । केहि बेर फिल्म हेरेका एकिकृत नेकपा माओवादीका उपाध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले फिल्मले गम्भीर विषय उठाएको बताउँदै युनिटलाई  सफलताको शुभकामना दिए । 
 
फिल्म हेर्न शुक्रबार बिहान कुमारी हल पुगेका नेता नेकपा एमालेका नेता तथा सविधान सभा सदस्य प्रदिप ज्ञवालीेले विषयबस्तु मार्मिक लागेको र समाजमा भएका पात्रले आफ्नो जीवन स्तर उठाउन गरेको संघर्षलाई सबल ढंगले उठाएको बताए ।
 
अभिमन्यू निरवीको लेखनमा दीपा बस्नेतले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, केकी अधिकारी, बिक्रम सिंह, सिर्जना अधिकारी, दिवाज राई, राज गदाईलीलगायतको अभिनय छ । टि. एन. आचार्य र दिपक आचार्यले निर्माण गरेको यो फिल्मको देशभरको व्यापारिक रिपोर्ट आउन बाँकी छ । अधिकांश दर्शकले भने फिल्म रूचाएको बुझिएको छ । 
 
 
फिल्म हेरेर दर्शकले दिएको प्रतिकृया यस्तो छ -