नेपाली फिल्मी बजारमा दुई दिनको फरकमा दुई वटा अवार्डको आयोजना हुने भएको छ । कामना मासिकले मंसिर १५ गते काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा कामना अवार्ड गर्दैछ भने छाँयाछबिले मंसिर १७ गते प्रज्ञा भवनमा अवार्ड गर्दैछ । कामना मासिकले पहिलो पटक गर्न लागेको हो भने छाँयाछबिको यो छैठौं संस्करण हो ।
पहिलो भएपनि निक्कै प्रतिक्षाका साथ हेरिएको यो कामना अवार्ड समारोहलाई प्राविधिक रुपमा उच्च बनाउने घोषणा आयोजकले गरिसकेको छ । यस्तै छाँयाछबिले पनि डि सिने अवार्डलाई भव्य रूपमा सम्पन्न गर्न लागिपरेको छ ।
अवार्डको संख्यात्मक विकाससँगै यसको स्तरियतामा पनि चुनौती थपिएको छ । दुई दिनमा दुई अवार्ड हुँदा दुबैलाई आकर्षक प्रस्तुती र स्तरिय कार्यक्रमको चुनौती थपिएको छ । कलाकारलाई पनि दुई दिनको फरकमा दुईवटा अवार्डमा पुग्दा चटारो हुने देखिन्छ ।
एकसाथ अवार्ड हुँदा कुनमा कसले अवार्ड पायो भन्ने चर्चाले पनि बजार लामै समय गर्मिनेछ । अब हेर्न बाँकी छ कुन अवार्डलाई कुनले पछि पार्ने हुन् ।
कात्तिक ३ गते र ९ गते पनि एक साताको अन्तरमा हङकङमा दुई वटा नेपाली फिल्मको अवार्ड भएका थिए । जसमा कलाकारलाई हङकङ जाँदा र आउँदाको चटारो देखिएको थियो ।