Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17173 - 17178 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-09-20, शनिवार

'सबै मिलेर एउटा तरंग ल्याउँ' भन्ने नाराका साथ शुक्रवारबाट राजधानीमा चार दिने ‘एकादेशमा फिल्म फेस्टिभल’ शुरु भएको छ । कुमारी हलमा आयोजित फेस्टिभलको उद्घाटन समारोहमा अभिनेता राजेश हमाल र अभिनेत्री गौरी मल्लसहित दर्जनौं फिल्मकर्मीको उपस्थिती थियो ।  

फिल्मीखबर, काठमाण्डौ, 2014-09-20, शनिवार

प्रदर्शन हुनुभन्दा करिब ६ महिना अगावै फिल्म 'अझै पनि'को प्रेम दिवस बोलको गीत सार्वजनिक गरिएको छ । हरि लम्सालको स्वर तथा संगीत रहेको गीतमा संजिव थापाले मन छुने शब्द कोरेका छन् । आलोक नेम्वाडले यो भिडियोमा कलात्मक जादु प्रस्तुत गरेका छन् । पूनम गौतम र सुदर्शन थापाको निर्माणमा तयार भएको यो फिल्मलाई आलोक नेम्वाडले निर्देशन गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-09-19, शुक्रवार
दु:खमा साथ नदिने र आफ्नो मात्र हेर्नेलाई अरुले पनि साथ दिदैनन् भनिन्छ । नेपाली फिल्ममा पनि यस्तै कुरा लागू भैरहेको छ । फिल्म नगरीमा आवश्यकता भएको समयमा भविष्य खोज्दै अन्यत्र जाने कलाकारलाई यो क्षेत्रले स्विकार गर्न गाह्रो मानिरहेको छ ।
 
फिल्मीखबर, काठमाण्डौ, 2014-09-19, शुक्रवार

फिल्म ‘पुनर्जन्म’को प्रोमो गीत रिलिज गरिएको छ । 'किन जिन्दगी अन्धकार लाग्छ' बोलको स्याड गीतमा अन्जु पन्तको स्वर रहेको छ भने शब्द तथा संगीत जयन्त शर्माको रहेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-09-19, शुक्रवार
घरपरिवारसँग संघर्ष गर्दै आएकी अञ्जली लिङ्ग परिवर्तन गरेर पूर्ण रूपमा महिला बन्न चाहन्छिन् । 'अञ्जली : एक पृथक यात्रा'मा अञ्जलीले भनेकी छिन्, 'लिङ्ग परिवर्तन गरेर जब म पूर्ण रूपमा महिला बन्छु त्यसपछि सबैभन्दा पहिला विकनी फोटो सुट गर्छु ।' आर्थिक अभावका कारण चाहेर पनि लिङ्ग परिवर्तन गर्न नसकेको गुनासो डकुमेन्ट्री मार्फत उनले पोखेकी छिन् ।  
 
फिल्मीखबर, काठमाण्डौ, 2014-09-19, शुक्रवार

निर्देशक राजु गिरीको नयाँ फिल्म 'टाइगर द रियल हिरो'लाई चलचित्र सेन्सर बोर्डले 'पिजी' सर्टिफिकेट दिएको छ । फिल्ममा समावेश केही दोहोरो अर्थ लाग्ने संवाद र 'हरर' दृश्यका कारण सेन्सरले 'पिजी' सर्टिफिकेट दिएको निर्देशक गिरीले जानकारी गराए ।

Results : 17173 - 17178 of 24017