मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 3.50/5.00)
Text size:-
+
-

निशाको तस्विर संयमलाई जिउने बाहाना (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/11/21
सम्पादनमा आफूलाई अब्बल ठहराएका सुरेन्द्र पौडेलले पहिलो पटक निर्देशन गरेको फिल्म 'आभाष'को गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा अभिनेत्री निशा अधिकारीसँग पुच्चे अभिनेता संयम पुरीको अनस्क्रिन रोमान्स हेर्न सकिन्छ । 
 
ग्लोसी पिक्चर्स र क्रियटिभ फिल्म्सको व्यानरमा गोबिन्द शाही, पवन श्रेष्ठ, दीपक शाही र रवि शाक्यले मिलेर निर्माण गरेको 'आभाष'को प्रस्तुत गीतमा सुजन सुवेदीको शब्द, प्रकाश नेपालीको संगीत र सन्तोष लामाको स्वर रहेको छ । गीतको करियोग्राफी गम्भिर बिष्टले गरेका हुन् ।
 
पौष २५ गते रिलिज हुन लागेको टिनएजर लभस्टोरीमा आधारित  यो फिल्ममा निशा र संयमसँगै आश्मा डिसी र सलोन बस्नेतको पनि मुख्य भूमिका छ । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।