Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विराटले स्विकार गरे अनुष्कासँगको सम्बन्ध

फिल्मीखबर, काठमाण्डौ, 2014/11/21
भारतीय क्रिकेट टिमका चर्चित खेलाडी विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको सम्बन्धका बारेमा मिडियामा लामो समयदेखि चर्चा भैरहेको छ । यी दुईले आफूहरुको सम्बन्धका बारेमा भने केही पनि कुरा स्विकार गरेका थिएनन् ।
 
 
मुम्बइको एक कार्यक्रममा अनुष्कासँगै पुगेका विराटले सम्बन्धलाई स्विकार गरेका छन् । विराटले भने, 'जे छ सबैको सामु छर्लङ्गै छ । तर, एउटै कुरालाई बारम्बार सोध्दा हामीलाई पनि राम्रो लाग्दैन ।’
 
विराटले आफूहरुले केही पनि कुरा नलुकाएको खुलाएका छन् । लामो समयदेखि प्रेममा रहेको यो जोडीले बिहे गर्न लागेको खबर पनि मिडियामा आएको थियो । अनुष्काले भने यो कुरालाई हल्ला मात्र भनेकी छिन् ।
Most Visited News (monthly)