मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(46 votes, avg 4.87/5.00)
Text size:-
+
-

फन पार्कमा कमाल नम्रता

फिल्मीखबर, काठमाण्डौ, 2014/11/21
काठमाण्डौको व्यस्त घुम्ने स्थल फन पार्कमा शुक्रबार भने बेग्लै चहलपलह देखियो । ४ जना यूवाहरु एक यूवतीको पछि जिस्काउँदै थिए । फन पार्क घुम्न आएकाहरुलाई नै रोचक लाग्ने गरि यहाँ फिल्म 'अधकट्टी'मा समावेश एक गीतको छायांकन भैरहेको थियो । अभिनेत्री नम्रता श्रेष्ठको नामलाई नै गीतमा ढालेर गीत तयार पारेका थिए रंजित आचार्यले ।
 
 
निशा देसार, राजन इशान, यूवराज चौलागाईले आवाज भरेको 'क्या कमाल तिमी बबाल छौ हे नम्रता' बोलको गीतमा 'अधकट्टी'का कलाकारहरु विल्सन विक्रम राई, गौरव पहारी, प्रदिप बाँस्तोला र गजित बिष्टले नृत्य गरे । ४ कलाकारलाई अभिनेत्री नम्रता श्रेष्ठले साथ दिइन् ।
 
हरि लामाले छायांकन गरेको फिल्मलाई संचारकर्मी सुव्रत आचार्यले निर्देशन गरेका हुन् । प्रदिपकुमार उदयले निर्माण गरेको फिल्म फाल्गुण १ गतेबाट हलमा आउँदैछ । फिल्ममा अशिष्मा नकर्मी र रिस्ता बस्नेत पनि मुख्य भूमिकामा छन् । अभिनेत्री नम्रता श्रेष्ठ फिल्म भित्र पनि हिरोइनको भूमिकामा देखिने छिन् ।