मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

४२ दिनमा सकियो `नाईँ नभन्नु ल ३`

फिल्मीखबर, काठमाण्डौ, 2014/11/22
ब्लकबस्टर फिल्म 'नाईं नभन्नु ल'को तेस्रो सिक्वेल 'नाईं नभन्नु ल ३'को सुटिङ सकिएको छ । मुस्कान ढकालको डेब्यू निर्देशन रहेको यो फिल्मको ४२ दिनमा सुटिङ सकिएको हो । 
 
 
वान टाईम सिनेमा प्रालीको व्यानरमा विकास आचार्यले निर्माण गरेको 'नाईं नभन्नु ल ३'मा आर्यन सिग्देल, सञ्चिता लुईटेल, प्रियंका कार्की, सुरजसिंह ठकुरी, अनुभव रेग्मी, संयम पुरी, आश्मा डिसीको मुख्य भूमिका छ । यस्तै फिल्ममा निरज बराल, मुकेश ढकाल र गरिमा पन्त बिशेष भूमिकामा छन् ।     
 
चार बर्षपछि सुटिङमा फर्किएकी संचिता लुइँटेलले बल्कबष्टर सिरिजको तेस्रो सिक्वेलमा मुख्य भूमिकामा  कमव्याक गर्न पाउँदा खुसी लागेको बताईन् । उनले फिल्म पनि निकै राम्रो बनेको प्रतिकृया दिईन् ।
 
 
आउँदो चैत्र २७ देखि देशब्यापी प्रर्दशन हुने यो फिल्ममा विकास आचार्यको लेखन, पुरूषोत्तम प्रधानको छायाँकन, बसन्त सापकोटाको संगीत तथा अर्जुन जिसीको सम्पादन रहेको छ ।