मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(26 votes, avg 4.81/5.00)
Text size:-
+
-

नाटक खेल्दै नम्रता

फिल्मीखबर, काठमाण्डौ, 2014/11/22
नम्रता श्रेष्ठ अब पर्दामा मात्र सीमित नभई नाटकमा पनि सक्रिय हुने भएकी छिन् । उनले अभिनय गर्न लागेको तेस्रो नाटक 'यर्मा'बारे शुक्रबार राजधानीमा आयोजित प्रेसमिटमा जानकारी दिइयो । 
 
 
स्पेनी नाटककार फ्रेडेरिको गार्सियो लोर्काले लेखेको ८० वर्षपछि बिमल सुवेदीले नेपालमा नाटक मंचन गर्न लागेका हुन् । वान वल्र्ड थिएटरले गर्न लागेको नाटक नोभेम्बर २९ देखि डिसेम्बर २१ सम्म थिएटर भिलेजमा मंचन हुँदैछ । 
 
राजकुमार पुडासैनी, कमलमणी नेपाल, सुम्निमा साम्पाङ, सिर्जना अधिकारीले पनि अभिनय गर्दैछन् ।  बच्चा नजन्माउने बाँझी आइमाइ भन्ने अर्थ बोकेको 'यर्मा'मा स्पेनको भेडा गोठालो परिवारको कथालाई नाटकमार्फत वर्तमान नेपाली परिवेशसँग जोडीएको हो । 
 
‘नाटक हेर्दा स्पेनको शैली र परिवेश लाग्दैन । त्यहाँको कथालाई अहिलेको नेपाली समाजसँग जोड्ने प्रयास गरिएको छ’ निर्देशक सुवेदीले भने, ‘एउटी बाँझी आइमाइ र उसको परिवारको संवेदनालाई नाटकमा देखाइनेछ ।’ नाटकलाई कवितात्मक शैलीमा मंचन गरिने भएको छ ।