मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५० औं जन्मदिनमा छबिले भने- `कलाकारको हजुरबा बन्न चाहन्छु`

फिल्मीखबर, काठमाण्डौ, 2014/11/23
जीवनमा पहिलो पटक फिल्मकर्मी र पत्रकारमाझ बसेर जन्मदिन मनाउँदै गर्दा निर्माता छविराज ओझा मख्ख देखिए । फिल्म नगरीमा प्रवेश गरेको २५ बर्ष र जीवनको ५० बर्षको क्षण फिल्मी क्षेत्रसँग साट्न पाउनु उनका लागि सुखद पल थियो । मंसिर ७ गतेबाट ५० बर्ष पार गरेका छविले जीवनमा पहिलो पटक सबैलाई बोलाएर जन्मदिन मनाएका हुन् ।
 
 
 
सरप्राइज भन्दै बोलाइएको कार्यक्रममा फिल्मी क्षेत्रका निर्माता, निर्देशक, कलाकार, पत्रकार, प्राविधिक उपस्थित थिए । छविले आफ्नो फिल्म क्षेत्रको २५ बर्षको केक ४ अभिनत्रीहरूसँग मिलेर काटे । 'लज्जा' डेब्यू अभिनेत्री शिल्पा पोख्रेल, 'लोफर' डेब्यू अभिनेत्री रजनी केसी, 'हिरो' डेब्यू अभिनेत्री पूजना प्रधान र कलाकार दीपाश्री निरौलाले छविलाई साथ दिए ।
 
छविले जन्मदिनको केक काट्दा उनले फिल्म नगरीमा भित्राएका अभिनेता र उनका सहयोगी फिल्मीकर्मी थिए । कार्यक्रममा बोल्दै छविले आफू अझै २५ बर्ष फिल्म नगरीमा निरन्तर लागेर कलाकारको ‘हजुरबा’ बन्न चाहेको इच्छा व्यक्त गरे । उनलाई अहिले अधिकांश फिल्मीकर्मीले ‘बा’ नामले सम्बोधन गर्छन् ।
 
 
 
बरिष्ठ फिल्मकर्मी निर शाहले छविको योगदानको कदर गर्दै २५ बर्ष यो नगरी बिताउनु सामान्य कुरा नभएको बताए । उनले १० जना छबि फिल्म क्षेत्रमा भए यो क्षेत्रको विकास हुने धारणा राखे । 
  
फिल्म ‘यूगदेखि यूगसम्म’बाट फिल्म नगरीमा निर्माताको रुपमा भित्रिएका छविराज ओझाले सत्रौं फिल्म ‘हवल्दार सुन्तली’ निर्माण गरेका छन् । यो फिल्म चैत्र २७ गतेबाट हलमा लाग्ने जानकारी कार्यक्रममा दिइयो । ऋषि लामिछानेले निर्देशन गरेको फिल्ममा सविन श्रेष्ठ, किशोर खतिवडा, शिल्पा पोख्रेल मुख्य भूमिकामा छन् । 
 
 
 
छविले फिल्म नगरीमा कलाकारहरू राजेश हमाल, स्वर्गिय श्रीकृष्ण श्रेष्ठ, विपना थापा, रेखा थापा, अरुणिमा लम्साल, आर्यन सिग्देल, सविन श्रेष्ठ, आयुष रिजाल, शिल्पा पोखरेलसहित दर्जन भन्दा बढि प्राविधिक, निर्देशक तथा संगीतकारलाई भित्राएका छन् ।
 
छबिलाई शुभकामना दिन फिल्म नगरीका धेरै जसो हस्तीहरुको उपस्थिती देखिएपनि उनले भित्र्याएका अधिकांश कलाकारको उपस्थिती भने देखिएन ।  छबिले नै जन्माएका अनुहार कार्यक्रममा नदेखिंदा माहोल केहि खल्लो भने भएको थियो ।