मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

बन्ने भो `किस्मत २` | रेखा र आर्यन दोहोरिएलान् ?

फिल्मीखबर, काठमाण्डौ, 2014/11/23
सफल निर्माताको पगरी गुथेका छबिराज ओझाले हिट फिल्म 'किस्मत'को सिक्वेल बनाउने घोषणा गरेका छन् । आफ्नो पचासौं जन्मदिनको अवसरमा छबिले 'किस्मत २' निर्माण गर्ने घोषणा गरेका हुन् ।
 
 
प्रेमकथामा बन्ने 'किस्मत २'लाई श्याम भट्टराईले निर्देशन गर्नेछन् । 'किस्मत' निर्देशन गरेका उज्जवल घिमिरेलाई छाडेर छबिले श्यामलाई निर्देशनको जिम्मा दिएका हुन् । अर्जुन पोखरेलको संगीत रहने यो फिल्मको पटकथा र संवाद सामिप्य तिमल्सिनाले लेखेका छन् । 
 
 
अहिलेका हिट अभिनेता आर्यन सिग्देलको 'किस्मत' फिल्मबाट नै करियरको ढोका खुलेको हो । आर्यनसँगै 'किस्मत'मा रेखा थापा र बिराज भट्ट मुख्य भूमिकामा थिए । के सिक्वेलमा यि कलाकार दोहोरिएलान् ? कलाकारको छनोट भईरहेको जानकारी दिंदै निर्माता ओझाले यसबारे मुख खोलेनन् ।