मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हँसाउन आउँदै `कान्छी मट्याङ ट्याङ`

फिल्मीखबर, काठमाण्डौ, 2014/11/22
गतबर्ष फिल्म 'छ एकान छ'ले व्यापारिक रुपमा राम्रो सफलता हात पार्यो । कमेडी बिषयको यो फिल्म हेर्न हलमा दर्शक ओइरिए । कमेडी फिल्मको बजार नेपालमा राम्रो छ भन्ने त पुष्टी भयो तर त्यसपछि कमेडी भनिएका फिल्म चल्न सकेनन् । 
 
मंसिर २६ गतेबाट हलमा लाग्न लागेको फिल्म 'कान्छी मट्याङ ट्याङ' कमेडी बिषयमा आधारित फिल्म हो । पूरन थापाले निर्देशन गरेको यो फिल्ममा दर्शकलाई हँसाउन हरेक पक्षमा मेहनत गरेको निर्देशक बताउँछन् ।
 
दिलासा क्रियशनको प्रस्तुतीमा तयार भएको फिल्ममा जयकिशन बस्नेत, पूरन थापा, सारिका केसी, राजाराम पौडेल, लक्ष्मी गिरी, राजेन्द्र खड्गी, सोभित बस्नेत लगायतका कलाकारको अभिनय छ । फिल्मले कस्तो व्यापार गर्छ मंसिर २६ गतेबाट नै थाहा हुनेछ ।