
पत्रकारहरुसंगै सुरजनीले बन्जि जम्प गरिन् तर शुरुमा निकै हौसिएर बन्जि जम्प गर्ने तयारी गरेर स्पट सम्म पुगेकी कार्की भने बन्जि जम्प नगरी फर्किईन् । तल हेर्दा देखिने कहालीलाग्दो छाँगोका कारण अत्तालिएर सुष्माले बन्जि हान्न सकिनन् । र, निन्याउरो मुख लाएर बन्जि नगरी फर्किईन् ।

करिब एक दशकपछि कलाकार पल्लवी भट्ट फिल्म ‘अलबिदा’को आइटम गीतबाट एक्सन कटमा फर्किएकी छिन् । गहना सिरियलसहित आधा दर्जन जति फिल्म र दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी पल्लवी आठ बर्षदेखि सिंगापुरमा थिईन् ।

अभिनेत्री नन्दिता केसीले आफ्नो जन्मदिन एचअाईभी सङ्क्रमित बालबालिकासँग मनाईन् । आज आईतवार क्रीतिपुरमा अवस्थित बेबी लाईफ होममा रहेका एचअाईभी सङ्क्रमित बालबालिकासामु केक काटेर उनले आफ्नो जन्मदिन मनाएकी हुन् ।

छमछम पानी परिरहे पनि अभिनेत्री पूजना स्त्री दरबारमार्गमा छमछमी नाच्दै थिइन् । कहिले उनी सडक बालबालिकासँग नृत्य गर्दै हुन्थिन् त कहिले एक्लै ।

कार्तिक १ गते हुने भनिएको सातौं संस्करणको नेफ्टा अवार्ड दुई दिन पर सरेर कार्तिक ३ मा पुगेको छ । आयोजक एस के फिल्मस् प्रालिका प्रमुख निर्माता सुनिल कुमार थापाले प्राविधिक कारणले २ दिन पर अवार्ड धकेलिएको बताए ।

प्रतिक्षित फिल्म 'श्री ५ अम्बरे'ले नयाँ गीत सार्वजनिक गरेको छ । 'आँखै अघि जल्यो मेरो' बोलको उक्त गीतमा सौगात मल्ल र केकी अधिकारीको अभिनय देख्न सकिनेछ । फिल्म्को उक्त गीतमा बालकलाकारहरु अविरल अधिकारी र सफोला भट्टराईको अभिनय समेत देख्न सकिनेछ ।

