मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यश चोपडा अवार्ड अमिताभलाई

फिल्मीखबर, काठमाण्डौ, 2014/11/22
गत बर्षदेखि सुरु भएको यश चोपडा मेमोरियल अवार्डको बारेमा जानकारी दिन उनकी पत्नी पामेला चोपडा मिडियासामु आएकी छिन् । डिसेम्बरमा हुन लागेको यो अवार्ड बलिउडका बीग बी अमिताभ बच्चनलाई प्रदान गरिदैछ । अवार्डमा १० लाख नगद र एक गोल्ड मेडल समावेश छ ।
 
 
पामेलाले आफ्ना छोरा आदित्य चोपडा मिडियासामु नआउने भएकाले पनि आफै अगाडि आएको बताइन् । गतबर्ष यश चोपडा मेमोरियल अवार्ड गायिका लता मंगेश्करलाई प्रदान गरिएको थियो ।
 
यसैबिच पामेलाले यश चोपडाको जीवनीमा फिल्म बन्न लागेको जानकारी दिएकी छिन् । अभिनेता केन्द्रित फिल्म नहुने भन्दै उनले विशेष तबरले बनाउन लागेको बताइन् । यसका लागि अझै पनि समय लाग्ने यश चोपडाकी पत्नी पामेलाको भनाई छ । फिल्मको कथावस्तुमा आदित्यकी पत्नी अभिनेत्री रानी मुखर्जीले सहयोग गरिरहेकी छिन् । 
 
पामेलाले आफ्ना छोरा आदित्य चोपडाले २१ बर्षको उमेरमा 'दिलवाले दुल्हनिया लेजाएंगे' बनाएकोमा छक्क परेको भन्दै भनिन्, 'मलाई अझै अचम्म लाग्छ कि उसले त्यति सानो उमेरमा यति राम्रो फिल्म बनायो ।' साहरुख खान र काजोल अभिनित यो फिल्म १ हजार हप्तामा चलिरहेको छ ।