
प्रदिप उदयको निर्माणमा राजु शाहले निर्देशन गर्दै गरेको फिल्म 'नमस्ते नेपाल'को सुटिङ यतिबेला युरोपको बेल्जियममा भईरहेको छ । नेपालबाट गएका अभिनेता सविन श्रेष्ठ र गोपाल ढकाल सहित आना, श्याम श्रेष्ठ, अडी, जर्ज लगायतले अभिनय गर्दैछन् ।


केहि साता अगाडी रिलिज भएको फिल्म 'श्री ५ अम्बरे'को पोस्टरलाई आधार मान्ने हो भने अभिनेता सौगात मल्लको भूमिकाले देशको राजाको कथानकको झल्को दिन्छ । तर, निर्माण युनिटका अनुसार फिल्मले टोले राजाको कथा भन्ने छ जहाँँ सौगातले मुख्य भूमिका निर्वाह गरेका छन् ।

'छ एकान छ' निर्माण गरेका दिपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले दोस्रो प्रोजेक्ट 'वडा नम्बर ६'को निर्देशन जिम्मा उज्जवल घिमिरेलाई दिएका छन् । 'अन्दाज' निर्देशन गरेपश्चात सकृय नदेखिएका उज्जवलले लामो समयपछि कमेडी फिल्म निर्देशन गर्ने भएका हुन् ।

नियम विपरित 'हिम्मतावली' फिल्म प्रर्दशन गरेका कारण नेपाल चलचित्र निर्माता संघले अभिनेत्री तथा निर्माता रेखा थापालाई साधारण सदस्य समेत नरहने गरी संघबाट हटाएको छ । संघको हित र नीति विपरित कार्य गरेको भन्दै संघले प्रेस रिलिज गरी रेखालाई संघबाट निष्काशित गरेको हो ।

'होस्टल' डेब्यू निर्देशक हेमराज बिसीको तेस्रो फिल्म 'जेरी'को अफिसियल प्रोमो सार्वजनिक भएको छ । यो फिल्ममा 'होस्टल' डेब्यू अभिनेता अनओल केसी मुख्य भूमिकामा छन् ।

