Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

राम्रो कथा पर्दामा आउँदा किन विग्रन्छ ?

फिल्मीखबर, काठमाण्डौ, 2014/12/07
फिल्मको कथा पढ्दा राम्रो हुन्छ । पारिश्रमिकमा सम्झौता गरेर भएपनि गरौं गरौं लाग्छ । त्यहि कथा पर्दासम्म आउँछ, सोचेको भन्दा आधा पनि पर्दामा देखिंदैन । धेरैजसो कलाकारले गर्ने गुनासो हो यो । 
 
कथा पढ्दा जे सोचेर फिल्म गरिन्छ पर्दामा आउँदा त्यसको आधा प्रतिशत पनि नहुने तर्क धेरै कलाकारको छ । अभिनेता राजेश हमालले केही समयअघि नेपाली फिल्ममा कथा, क्यामेरा र लाइट नमिल्ने तर्क गरेका थिए । उनले काम गर्दा मन परेका फिल्म हलसम्म आइपुग्दा आफैलाई चित्त नवुझ्ने बताएका थिए ।
 
अभिनेत्री गरिमा पन्तले पनि स्क्रिप्ट पढ्दा मन परेका फिल्म दर्शकसम्म आइपुग्दा ३० प्रतिशत पनि नरहने बताएकी छिन् । कतिपय फिल्महरुमा निर्देशक तथा लेखकले कथा सुनाउँदा काम गर्न मन लागेपनि ती फिल्म दर्शकसम्म हलमा पुग्दा धेरै कोणबाट कमजोर हुने गरिमाको वुझाई छ । 
 
गरिमा र राजेश हमाल मात्र होइनन्, धेरै कलाकार यस्तै गुनासो गर्ने गर्दछन् । के कलाकार आफ्नो भूमिका र फिल्मको असफलताबाट भाग्न यसो भन्दैछन् त ? नेपाली फिल्मको कथा राम्रो भएपनि प्रस्तुती फितलो हुने गरेको गुनासो भने बारम्बार सुनिने गर्दछ ।
Most Visited News (monthly)