Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

स्टारको खुसीमा सुपरस्टार

फिल्मीखबर, काठमाण्डौ, 2014/12/07
नेपाली फिल्म बजारमा अभिनेता अनमोल केसीलाई नयाँ स्टारको रुपमा हेरिदै गर्दा उनका पिता अभिनेता भुवन केसी भने खुशीले गद्गद् छन् ।  
 
 
अनमोलको दोश्रो फिल्म 'जेरी'ले पनि व्यापारिक रुपमा सफलता हात पारेपछि भुवन खुशीले रमाइरहेका छन् । छोराको सफलतामा रमाएका भुवन अबको फिल्म बजार उसले नै हाक्छ भन्न पनि पछि पर्दैनन् । 
 
अनमोलले फिल्म क्षेत्रका लागि केही गरेको भन्दै भुवन उसले पैसाका लागि फिल्म नखेल्ने पनि बताउँछन् । छोराको खुशीमा उनी सबैसँग रमाउन चाहन्छन् । 'अनमोलले केही गरेको छ, म ज्यादै खुशी छु', भुवनले भने ।
 
सुपरस्टार बनिसकेका भुवनले स्टार बन्दै गरेका छोराको सफलतामा खुसी हुनु पक्कै राम्रो कुरा हो । भुवनको यो खुसी भने कहिलेसम्म हुने हो, हेर्न बाँकी छ । 
Most Visited News (monthly)