मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

रूचाईयो `नाइके` !

फिल्मीखबर, काठमाण्डौ, 2014/12/07
मङ्सिर १९ गतेबाट प्रदर्शन आरम्भ भएको फिल्म 'नाइके'ले राजधानी लगायत देशभरका हलमा दर्शकको राम्रो प्रतिक्रिया पाएको रिपोर्ट छ ।
 
ब्ल्याक स्याडो प्रोडक्शनको व्यानरमा निर्माण भएको 'नाइके' राजधानीका मल्टिप्लेक्सबाट बाहिरिएपनि सिंगल थिएटरमा दर्शकहरुको उत्साहजनक उपस्थितिले सोचेभन्दा राम्रो व्यापार भैरहेको युनिटले जानकारी दिएको छ | 
 
लभर व्यायको छबि बनाएका अभिनेता आर्यन सिग्देल पहिलो पटक देखा परेको एक्सन लुक्सलाई दर्शकले रूचाएका छन् | एक्सन भूमिकामा पनि फिट हुनसक्ने प्रमाणित आर्यनले गरेको बुझिएको छ ।
 
आर्यनसंगै सुर्बिना कार्की, रेम बिक, बोधराज रेग्मी, सारिका केसी, विजयराज सेन्चुरी, सुरज आरडी, राजु कमेडी लगायतको अभिनय रहेको 'नाइके'लाई बिष्णु हमालको कार्यकारी निर्माणमा जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली, आनन्द क्षेत्रीले निर्माणमा सहयोग गरेका छन् | 
 
"नाम किन चाहियो पहिचान काफी छ" सोहि पहिचानका साथ आफ्नो पारिवारिक बदलाका बीच समाजका कसिंगरलाई नाश गर्न जन्मने समाजको हिरो 'नाइके' (आर्यन) र उसको रोमान्चक प्रेमलाई नेत्र गुरूङले निर्देशकिय पाटोबाट देखाएका छन् ।