Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17137 - 17142 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-09-28, आईतवार

चितवनमा शनिबार फिल्म “मोडल”को शुभमुहुर्त गरिएको छ । राजु अधिकारीको कथा एवं उनकै निर्देशनमा बन्न लागेको सो फिल्मको शनिबार क्यान्सर अस्पतालको सभा हलमा एक कार्यक्रम गरि अभिनेता अमिर गौतमले फस्ट सट दिई शुभमुहुत गरिएको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2014-09-27, शनिवार

वितरक सुनिल मानन्धरले फिल्मका निर्देशक आकाश अधिकारीलाई सम्मानस्वरुप रू ५ लाख नगद हस्तान्तरण गरेका थिए । आफूले वितरण गरेका फिल्ममध्ये सबैभन्दा बढि व्यापार 'कोहिनुर'ले गरेको भन्दै निर्देशक अधिकारीलाई सम्मानपत्र र ५ लाख हस्तान्तरण गरेका हुन् । यसलाई फिल्म नगरीमा एउटा कुशल कामको शुरूवातको रुपमा हेरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-09-27, शनिवार

`अपांगताका कारण समाजले बदल्ने दृष्टिकोण, समस्या तथा पहिचानका लागि गरेको संघर्ष र सफलतामा केन्द्रित भई 'तमस - अ वाक इन दि डार्क' नामक फिल्म निर्माण हुने भएको छ । आन्ट्स हिल प्रोडक्शनको ब्यानरमा प्रकाश बस्नेतले निर्देशन गर्ने फिल्मको शनिबार राजधानीमा घोषणा गरियो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-09-27, शनिवार

निरज घिमिरेले निर्देशन गर्न लागेको यो फिल्ममा गरिमा पन्त, आयुष रिजाल, सुनिलदत्त पाण्डे, बिरेन डीसी, उत्तम खड्का लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मलाई गोपाल बहादुर स्याङत्याङले निर्माण गर्दैछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-09-27, शनिवार

रोजगारीको सिलसिलामा इराक पुगेका १२ नेपालीको हतियारधारी समूहद्वारा हत्या भएको घटनालाई लिएर निर्मित फिल्म '१२ नेपाली एक चिहान'को बिराटनगरमा रेड कार्पेट च्यारिटी शो हुने भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-09-27, शनिवार

फागुन ११ मा रिलिज हुने फिल्म ‘अझै पनि’को टिम प्रचारको लागि फेशन नाइट शोमा पुगेको छ । ‘हाम्रै समाजको यूवतीहरुको कथा फिल्मले बोल्छ’, निर्देशक नेम्वाङले स्टेजबाटै भने– ‘त्यसैले तपाईहरु सबै फिल्म हेर्न आउनुहुनेछ भन्ने अपेक्षा राखेका छौं ।’

Results : 17137 - 17142 of 24017