
प्रशन्न पौडेलले डेब्यू निर्देशन गरेको फिल्म 'स्वर'बाट ३ सुन्दरीहरुले नेपाली फिल्म नगरीमा पाइला राखे । म्यूजिक भिडियोमा जमेकी केकी अधिकारी, संचारकर्मबाट आएका वेनिशा हमाल र रिमा विश्वकर्मा 'स्वर'का अभिनेत्री मात्र भएनन् एकअर्काका मिल्ने साथी पनि भए । एकैसाथ आएका यि तीन सुन्दरीको अहिले आ-आफ्नै पहिचान बनेको छ ।

बजारमा दुई अभिनेताको जस्तो अनुहार विक्ने अर्को नहुँदा निर्मातासँग कमजोर विकल्प छ । जसका कारण जीवन र आर्यनको माग त बढेकै छ, फिल्ममा टकराव पनि सुरु भएको छ ।

मंगलबार नेपाल आएका बलिउडका अभिनेता आमिर खान यूनिसेफले बिहीबार कपिलवस्तुमा सञ्चालन गरेको पोषण सम्बन्धी कार्यक्रममा सहभागी भए । कपिलवस्तुको पकडी हेल्थपोष्टमा आयोजना गरिएको उक्त कार्यक्रममा आमिरले करिब १ घण्टा समय बिताएका थिए ।

गत बर्षको बल्कबष्टर फिल्म 'नाई नभन्नू ल २'को सफलताबाट हौसिएका निर्देशक बिकास आचार्यले आज बुधबारबाट 'नाईं नभन्नु ल ३'को छायाँकन शुरू गरेका छन् । आफू निर्माता बनेर आचार्यले निर्देशनको जिम्मा मुस्कान ढकाललाई दिएका छन् ।

दशैंको अन्तिम दिन अर्थात पूर्णिमाको दिनमा निर्माता छवि ओझाले अभिनेत्री शिल्पा पोखरेललाई दशैं टीका लगाईदिए । छबिको हातको टिका थाप्न शिल्पा सोमबार बिराटनगरबाट काठमाण्डौ आएकी हुन् ।

बलिउडका चर्चित अभिनेता अमिर खान मंगलबार काठमाण्डौ ओर्लेका छन् । युनिसेफले संचालन गरेको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन अमिर नेपाल आएका हुन् ।

