बलिउडका चर्चित कलाकार दीलिप कुमारलाई अस्पतालमा भर्ना गरिएको छ । निमोनियाका कारण उनलाई मुम्बइको लिलावती अस्पतालमा भर्ना गरिएको हो । बिगत केहि दिनदेखि खोकी र ज्वरोबाट ग्रसित ९२ बर्षिय दिलिपलाई अहिले प्राइभेट कक्षमा राखिएको छ । उनको अवस्था गम्भिर नरहेको डाक्टरको भनाई छ ।

पाकिस्तानमा जन्मे पनि भारतीय भूमिमा कर्म गरेका दिलिपले 'ज्वार भाट'बाट आफ्नो अभिनय यात्रा शुरू गरेका हुन् । 'ट्रयाजिडी किङ'को उपनामले चिनिने दिलिपले 'अन्दाज', 'आन', 'देवदास', 'आजाद', 'मुगल-ए-आजम', 'गंगा जमुना', 'क्रान्ति', 'कर्मा', 'सौदागर' लगायत दर्जनौं फिल्ममा अभिनय गरेका छन् ।

