
नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्नेहरुको करिअर कि त कलाकारिताले कि त कसैको साथले अगाडि बढेको देखिन्छ । लामो समयदेखि चल्दै आएको यो चलन अझै पनि कायमै छ ।

स्वर्गिय आलोक नेम्वाङ निर्देशित फिल्म 'अझै पनि'को रत्यौली गीत सार्वजनिक गरिएको छ । मंसिर महिना बिहेको मौसम भएकाले सोही कुरालाई मध्यनजर गर्दै 'चमक चमक' बोलको रत्यौली गीत सार्वजनिक गरिएको हो ।

अभिनेता आर्यन सिग्देल अभिनित फिल्म 'नाइके'लाई चलचित्र जाँचपास समितीले 'पिजी' सर्टिफिकेट दिएको छ । मंगलबार बिहान सेन्सर बोर्डका सदस्यहरूले फिल्मा हेरेपश्चात १६ बर्षभन्दा मुनिका दर्शकलाई अभिभावकको साथ चाहिनेगरी 'पिजी' सर्टिफिकेट दिएको हो ।


पाटन पूनरावेदन अदालतले ६ महिना अगाडी नियुक्ती भएको चलचित्र जाँचपास समिती (सेन्सर बोर्ड) सदस्य खारेज गरी पूरानै सदस्य नियुक्त गर्न सञ्चार मन्त्रालयलाई पत्र काटेको छ । न्यायाधीसद्धय कुमार चुडाल र मनोज कुमार शर्माको संयुक्त इजलासले मंसिर १९ गते यस्तो निर्णय गरेको हो ।

तिहारको अवसर पारेर विश्वभर प्रदर्शनमा आएको बलिउड बादशाह शाहरूख खानको फिल्म 'ह्याप्पी न्यू इयर'ले समिक्षबाट गतिलो प्रतिक्रिया पाएन । अमिताभ बच्चनकी पत्नी जया बच्चनले त यो फिल्मलाई वकवास नै भनिदिइन् । यहि झुर फिल्मको स्क्रिप्ट ओस्कारमा पुगेको छ ।

