फिल्म `तीन घुम्ती`को छायांकन भोलीबाट सुरु हुने भएको छ । चर्चित साहित्यकार तथा राजनेता स्वर्गिय विश्वेश्वर प्रसाद कोइरालाको चर्चित कृती 'तीन घुम्ती'माथि आधारित रहेर यो फिल्म निर्माण हुन लागेको हो ।
फिल्मका लागि अभिनेत्री गरिमा पन्त र अभिनेता ध्रुब दत्त पक्का भएका छन् । फिल्ममा गरिमाले इन्द्रमाया र धुव्रले पिताम्बरको भूमिका निर्वाह गर्नेछन् । फिल्मको निर्देशक बाबुराम ढकालले गर्न लागेका हुन् ।
कर्मा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन बन्दीपुरमा गरिनेछ । ८० प्रतिशत छायांकन बन्दीपुरमा हुने निर्देशक ढकालले जानकारी दिए । फिल्ममा रामेश्वर कार्कीको छायांकन रहनेछ ।
फिल्म निर्माणको सुरुवातमा अभिनेता जीवन लुईटेलले पिताम्बरको भूमिका निर्वाहा गर्ने पक्का भएको थियो । तर, अन्तिम समयमा आएर जीवनको ठाउँमा ध्रुब देखिन लागेका हुन् ।

