
कामना मासिकको ३१ औं वार्षिकोत्सवको दिन पारेर आगामी मंसिर १५ गते सोमबार राजधानीमा सिजी कामना फिल्म अवार्डस् २०७१ आयोजना गरिने भएको छ । अवार्ड समारोह भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुनेछ जारी प्रेस रिलिजमा उल्लेख छ ।

पेशाले चार्टर्ड एकाउण्टेन्ट आचार्य फिल्म भनेपछि मरिहत्ते गर्छन् । नयाँँ हेरौं हेरौं लाग्ने फिल्म हलमा आउनै हुन्न उनी हेर्न पुगिहाल्छन् । अझ बाटोमा सुटिङ देख्नै हुन्न, गन्तव्यमा नपुगी त्यही सुटिङ हेरेर रमाउँछन् । सायद यहि फिल्मप्रतिको मोह र प्रेमले होला आज उनी फिल्म निर्माता बनेका छन् ।

फिल्म 'फन्को' मार्फत गायिका इन्दिरा जोशीले आईटम नृत्यमा फन्को मारेकी छिन् । केहि महिना अगाडी नै फिल्मको सम्पूर्ण दृश्यहरुको छायाँकन सकिएको भएपनि चाडपर्व तथा निर्देशक सुबर्ण थापाको व्यस्तताले रोकिएको एउटा आईटम गीतलाई शनिबार हेटौंडामा छायाँकन गरिएको हो ।

भारतीय चर्चित स्टाण्डअप कमेडियन कपिल शर्मा नेपाली दर्शकलाई हँसाउन काठमाण्डौ आउने भएका छन् । बहुचर्चित टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट्स वीथ कपिल’का सञ्चालक शर्माले एनसेलको आयोजनामा आउँदो २७ मंसिरमा हुने कार्यक्रममा दर्शकलाई हँसाउने छन् ।

पर्दा मार्फत अहिलेका टिनेजर केटाकेटीको प्रेम देखाउन खोजिएको फिल्म 'लभ सब'को गीत सार्वजनिक गरिएको छ । प्रदर्शन मिती तय नगरिएको यो फिल्मको प्रस्तुत गीत पहिलो पब्लिसिटी सामाग्री हो ।

युवापुस्ताको प्रेमकथा बोकेको फिल्म 'जेरी'ले कलेजका बिधार्थी दर्शकहरुलाई हल सम्म तान्न सफल भएको छ । प्रायजसो हिन्दी फिल्ममा मात्र जमघट हुने नेपाली युवा दर्शकहरु 'जेरी' हेर्न तछाडमछाडका साथ हेटौंडाको ओम्याक्स हलमा भिड लागेको देखियो । हेटौंडाका दर्शकहरुले 'जेरी'लाई गुलियो स्वाद भन्दा पनि मिठो स्वाद पस्केको प्रतिकृया दिएका छन् ।

