फिल्म 'अलादिन'बाट बलिउडमा पाइला राखेकी श्रीलंकन मोडल ज्याकलिन फर्नान्डेजको बजार मुल्य बढिरहेको छ । फिल्म 'किक'मा सलमान खानसँग काम गरेपछि ज्याकलिन एकाएक चर्चामा आएकी हुन् । अहिले उनी बलिउडको पहिलो रोजाइकी अभिनेत्री बनेकी छिन् ।

उत्तर प्रदेशमा हरेक बर्ष आयोजना हुने सरसफाइ महोत्सवमा यो पटक ज्याकलिनको जादु चल्यो । सरसफाइ महोत्सवका लागि बलिउड अभिनेता ऋतिक रोशन, अभिनेत्री परिणिती चोपडाको साथमा ज्याकलिन पनि पुगिन् ।
ज्याकलिन यो महोत्सवमा ३ मिनेट नृत्य गरेकी थिइन् । उनले ३ मिनेट नृत्य गरेको ७५ लाख लिएकी छिन् । आफ्नो बढ्दो मार्केट भ्यालुका कारण ज्याकलिन यती महंगी भएकी हुन् । ३ मिनेट नाचेको ७५ लाख लिएपछि उनको चर्चा चुलिएको छ ।

