
गत बर्षदेखि सुरु भएको यश चोपडा मेमोरियल अवार्डको बारेमा जानकारी दिन उनकी पत्नी पामेला चोपडा मिडियासामु आएकी छिन् । डिसेम्बरमा हुन लागेको यो अवार्ड बलिउडका बीग बी अमिताभ बच्चनलाई प्रदान गरिदैछ । अवार्डमा १० लाख नगद र एक गोल्ड मेडल समावेश छ ।

गतबर्ष फिल्म 'छ एकान छ'ले व्यापारिक रुपमा राम्रो सफलता हात पार्यो । कमेडी बिषयको यो फिल्म हेर्न हलमा दर्शक ओइरिए । कमेडी फिल्मको बजार नेपालमा राम्रो छ भन्ने त पुष्टी भयो तर त्यसपछि कमेडी भनिएका फिल्म चल्न सकेनन् ।

ब्लकबस्टर फिल्म 'नाईं नभन्नु ल'को तेस्रो सिक्वेल 'नाईं नभन्नु ल ३'को सुटिङ सकिएको छ । मुस्कान ढकालको डेब्यू निर्देशन रहेको यो फिल्मको ४२ दिनमा सुटिङ सकिएको हो ।

नम्रता श्रेष्ठ अब पर्दामा मात्र सीमित नभई नाटकमा पनि सक्रिय हुने भएकी छिन् । उनले अभिनय गर्न लागेको तेस्रो नाटक 'यर्मा'बारे शुक्रबार राजधानीमा आयोजित प्रेसमिटमा जानकारी दिइयो ।


काठमाण्डौको व्यस्त घुम्ने स्थल फन पार्कमा शुक्रबार भने बेग्लै चहलपलह देखियो । ४ जना यूवाहरु एक यूवतीको पछि जिस्काउँदै थिए । फन पार्क घुम्न आएकाहरुलाई नै रोचक लाग्ने गरि यहाँ फिल्म 'अधकट्टी'मा समावेश एक गीतको छायांकन भैरहेको थियो । अभिनेत्री नम्रता श्रेष्ठको नामलाई नै गीतमा ढालेर गीत तयार पारेका थिए रंजित आचार्यले ।

