Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हरर फिल्ममा विपशा नै किन ?

फिल्मीखबर, काठमाण्डौ, 2015/01/18
बलिउड फिल्म मेकिङमा निकै अगाडी पुगेको छ । बिशेषगरी लभ स्टोरी र एक्सन फिल्ममा बलिउडले ठूलो छलाङ मारेको छ । अन्य जनराको तुलनामा हरर फिल्म मेकिङमा भने बलिउडले सोचेको सफलता पाउन सकेको छैन । 
 
 
बलिउडको हरर फिल्म प्राय महिला केन्द्रित हुन्छ । त्यसमा पनि अभिनेत्री विपशा बसु प्रमुख रोजाईमा पर्न थालएकी छिन् । 'राज' फिल्मबाट हरर फिल्मको यात्रा तय गरेकी विपशाले हालसम्म ७ वटा हरर फिल्ममा अभिनय गरिसकेकी छिन् । 
 
'राज', 'राज ३', 'आत्मा', ‘डरना जरूरी है', ‘रक्त', 'क्रिएचर' जस्ता हरर फिल्ममा मुख्य भूमिका निर्वाह गरेकी विपशाको हाल 'अलोन' नामक हरर फिल्म रिलिज भईरहेको छ । यो फिल्ममा पनि विपशा केन्द्रिय भूमिकामा नै छिन् । 
 
रियल लाईफमा निकै डराउने स्वाभावकी विपशाले दर्शकलाई डराउन दिने फिल्म किन खेल्छिन् ? के विपशालाई हरर बाहेक अन्य फिल्ममा लिन मान्दैनन् ? या, विपशा बाहेक अरू अभिनेत्रीले हरर फिल्ममा न्याय गर्न सक्दैनन् ? यि यस्ता प्रश्नमाझ विपशा घेरिएकी छिन् ।        
Most Visited News (monthly)