Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16951 - 16956 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-11-15, शनिवार

पूर्व मिस नेपाल मलिनाको पहिलो फिल्म 'ऋतु'को अधिकांश भाग अष्ट्रेलियामा सुटिङ गरिएको थियो जसको लगानीकर्ता र मेकर अष्ट्रेलियाकै थिए । उनको यो दोस्रो फिल्म 'द विनर' पनि अष्ट्रेलिया र नेपालमा सुटिङ हुनेछ जसको लगानीकर्ता र मेकर अष्ट्रेलियाकै एनआरएन रहेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-11-14, शुक्रवार

अभिनेता भुवन केसीका छोरा अनमोल केसीले अभिनय गरेको दोश्रो फिल्म 'जेरी' हेर्न आज जय नेपाल हलमा अभिनेत्रीहरूको भिड नै लाग्यो । फिल्म क्षेत्रका चर्चित अभिनेत्री र केहि अभिनेता हलमा देखिए । भुवनको निम्तोलाई स्विकार गर्दै उनीहरु हलमा पुगेका हुन् ।  

फिल्मीखबर, काठमाण्डौ, 2014-11-14, शुक्रवार

अर्को शुक्रबारबाट देशभर ‘श्री ५ अम्बरे’ नामक फिल्म लाग्दैछ । यो फिल्मले चर्चाको उचाई पनि पाइरहेको छ । फिल्मको प्रचारका लागि आजबाट यसको निर्माणपक्षले शहर परिक्रमा अभियान सुरु गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-14, शुक्रवार

अनमोल केसी स्टारर फिल्म 'जेरी' हेर्न जय नेपाल हलमा हिरोइनको लर्को लाग्यो । हिरोहरूको संख्या न्यून देखिएपनि हिरोइनहरूको भिडमा उनीहरू आकर्षक देखिए । 

फिल्मीखबर, काठमाण्डौ, 2014-11-14, शुक्रवार

नेपाल प्रहरीले आज बिहान काठमाण्डौको चाबहिलस्थित गोपिकृष्ण हलमा छापा मार्दै १३ जना विद्यार्थीलाई कलेज ड्रेसमा पक्राउ गर्‍यो । आजैबाट रिलिज भएको फिल्म 'जेरी' हेर्न पुगेका उनीहरुलाई गौशाला प्रहरी प्रभागमा राखेर छोडिएको छ ।

रेम बिक, पोखरा, 2014-11-14, शुक्रवार
महानायक राजेश हमाल पहिलोपटक श्रीमती मधु भट्टराईका साथ सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । पोखरामा शुक्रबारदेखि शुरु भएको दोस्रो वृहत शैक्षिक मेलाको उद्घाटन समारोहमा उनी श्रीमती सहित पुगेका हुन् । यसअघि पनि पटक पटक पोखरा आउने जाने गरेपनि सम्पूर्ण पोखरा भ्रमण नीजि रहँदै आएको थियो । 
 
Results : 16951 - 16956 of 24017