मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काठमाण्डौ किफ हुँदै

फिल्मीखबर, काठमाण्डौ, 2015/01/31
राजधानीमा सोमबारदेखि ‘काठमाण्डौ अर्न्तराष्ट्रिय फिल्म महोत्सवको आयोजना हुने भएको छ । ५ दिन सम्म चल्ने यो महोत्सवको आयोजना नेपाल फिल्म सोसाइटीले गर्न लागेको हो । 
 
१० देशका १७ फिल्म यो महोत्सवमा प्रदर्शन गरिने सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी दिएका छन् । नेपाललाई फेस्टिबल हबको रुपमा विकास गर्दै गाउँ-गाउँका दर्शकमाँझ नेपाली फिल्मको पहुच पुर्‍याउने तयारीमा फिल्म सोसाइटी लागेको कृष्ण मल्लको भनाई छ । 
 
महोत्सवमा रुस र स्विजरल्याण्डका २–२, भारत, दक्षिण कोरिया, इजरायल, स्पेन, फ्रान्स, नर्वे, स्लोभाकिया र डेनमार्कका १–१ फिल्म प्रदर्शन गरिनेछ । नेपाली फिल्महरुमा ‘वनफूल', 'डाक्टर खाते', 'काठमाण्डौ', 'पल', 'भिमदत्त' देखाइनेछ । महोत्सवको उद्घाटनमा ‘वनफूल’ प्रदर्शन गरिनेछ ।