Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16903 - 16908 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-11-25, मंगलवार

चैत्र ६ लाई प्रदर्शनको मिति तय गरेको फिल्म ‘धुन’ को अफिसियल गीत रिलिज गरिएको छ । मंगलवार सार्वजनिक फिल्मको ‘केहि पल’ बोलको यो गीतमा अभिनेता जीवन लुईंटेल र अभिनेत्री नीता ढुङ्गाना फिचरिङमा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-25, मंगलवार

फिल्म 'बाटो मुनिको फूल' हिट भएपछि निर्माता तथा गायक यश कुमार यसको सिक्वेल बनाउन तम्सिएका छन् । उनले बनाउन लागेको यसको सिक्वेल `बाटो मुनिको फूल २`को छायांकन माघ १८ बाट सुरु हुँदैछ । यो फिल्मलाई सुवर्ण थापाले निर्देशन गर्दैछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-25, मंगलवार

रियल लाइफ जोडी रणवीर कपुर र कट्रिना कैफले पर्दामा भने रोमान्स नगर्ने भएका छन् । अनुराग बासुले निर्देशन गर्न लागेको नयाँ फिल्मका लागि यी दुई कलाकारलाई लिने चर्चा थियो । तर, कट्रिनाको समय नमिलेपछि उनले आफ्ना प्रेमी रणवीर कपुरसँग रोमान्स गर्न नपाएकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-25, मंगलवार

झन्डै ६ महिनादेखि 'तितो सत्य'मा नदेखिएका निर्मलले अबको एक बर्ष फिल्म निर्देशनमा नै व्यस्त हुने जानकारी दिए । 'तीन वटा फिल्म निर्देशन गर्ने पक्का भएको छ । त्यसैले एक बर्ष निर्देशनमा नै व्यस्त हुनेछु', निर्मलले भने । उनले विज्ञापनमा भने अभिनय गर्ने बताए । समय धेरै दिन नपर्ने हुनाले विज्ञापनमा अभिनय गर्ने उनको भनाई छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-25, मंगलवार

हाँस्य कलाकारत्रय दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले मिलेर निर्माण गर्न लागेको दोश्रो फिल्म ‘वडा नम्बर छ’को छायांकन सुरु भएको छ । आज काठमाण्डौको चापागाई स्टूडियोबाट फिल्मको छायांकन सुरु गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-24, सोमवार

नेपाली फिल्मी बजारमा अहिले हिट फिल्मका सिक्वेल बनाउने लहर नै चलेको छ । सिक्वेल फिल्मले बजारमा खासै व्यापार नगरिरहेको समयमा नाम चलेका निर्माताहरु भने यसैमा लगानी गर्दैछन् । नेपालमा अहिलेसम्म सिक्वेल हिट भएको फिल्म 'नाई नभन्नु ल' मात्र हो । अन्य सबै फिल्म चिप्लदा निर्माताहरु रनथनिएका पनि छन् । 

Results : 16903 - 16908 of 24017