मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

सलमानलाई फ्यानले अपशब्द बोलेपछि

फिल्मीखबर, काठमाण्डौ, 2015/01/29
बलिउड अभिनेता सलमान खान चाडै नै रिसाई हाल्ने स्वभावका छन् । जसका कारण पनि उनको आलोचना समय समयमा हुने गरेको छ ।
 
राजस्थानमा आफ्नो नयाँ फिल्म 'बजरंगी भाइजान'को छायांकनका क्रममा सलमान खानको यस्तै रिसाहा अनुहार देखिएको छ । आफ्नो फिल्मको छायांकनका लागि सेटमा जाँदै गर्दा सलमानलाई केही यूवाहरुले बाइकमा पिछा गरेका थिए ।
 
बाइकमा पछ्याइरहेका यूवाहरुले सलमानलाई केही अपशब्द पनि बोले । उनीहरुले चलाएको बाइक सलमान खानको कारसँग कयौं पटक ठोक्किनबाट बच्यो । यूवाहरुले सलमानको फोटो खिचे त भिडियो पनि लिए ।
 
आफूलाई अपशब्द बोलेपछि सलमान रिसाए । उनले गाडी रोकेर आफ्नो कारबाट बाहिर निस्किए । सलमान बाहिर निस्किएपछि ती यूवाहरु भागेका थिए । तर, पनि सलमानको अनुहारमा देखिएको रिस शान्त भएन । स्थानिय बासिन्दाले सलमानलाई सम्झाएका थिए । यसपछि शान्त बनेका सलमान आफ्नो कारमा छायांकनतर्फ लागेका थिए ।