मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`वन वे` यसरी खिचियो (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2015/01/31
फिल्म प्रचारका लागि यसको मेकिङ भिडियो पनि राम्रो बिषय बन्ने गरेको छ । फिल्म मेकिङको भिडियोले दर्शकलाई अझ उत्सुकता थप्ने काम गर्दछ ।
 
सुरज सुब्बा नाल्बोको निर्देशनमा बनेको फिल्म 'वन वे'को मेकिङ भिडियो तयार पारिएको छ । काठमाण्डौको स्टार मलमा ३ वटा क्यामेरा लगाएर खिचिएको मेकिङ भिडियो आकर्षक छ ।
 
भिडियोमा फिल्मका मुख्य कलाकार करिश्मा मानन्धर र रविन तामाङ आकर्षणमा छन् । फागुन १ गतेबाट चल्ने यो फिल्ममा नव कलाकार माला लिम्बु र सिद्धार्थ गुरुङ मुख्य भूमिकामा छन् ।
 
फिल्मलाई राजकुमार राईले निर्माण गरेका हुन् । ३ वटा क्यामेराले एकसाथ फिल्म खिच्दा कलाकारलाई सजिलो भएको निर्देशक नाल्बोले बताए । प्राविधीकहरुलाई लाइट मिलाउन गाह्रो भएपनि कलाकारलाई भने एक पटक भन्दा बढी संवाद बोल्नु नपरेकाले सजिलो भएको उनको भनाई छ ।