मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`तीन घुम्ती`मा रंगियो गरिमाको सिउँदो

फिल्मीखबर, काठमाण्डौ, 2015/01/29
बन्दिपुरमा छायांकन भैरहेको फिल्म 'तीन घुम्ती’मा इन्द्रमाया बनेकी अभिनेत्री गरिमा पन्तको लुक्स बाहिरिएको छ । निर्देशक बाबुराम ढकालले आफ्नो फेसबुक मार्फत गरिमाको लुक्स सार्वजनिक गरेका हुन् ।
 
 
चर्चित साहित्यकार एवं राजनेता स्वर्गिय विश्वेश्वरप्रसाद कोइरालाको चर्चित कृती 'तीन घुम्ती'मा आधारित रहेर यो फिल्म बनिरहेको छ । फिल्ममा पिताम्बरको भूमिकामा भने कलाकार ध्रुब दत्त देखिएका छन् ।
 
 
अविवाहित गरिमाको सिउँदोमा सिन्दुर देखिएको छ । बाबुराम ढकालको निर्देशनमा यो फिल्मको छायांकन बन्दीपुरमा भैरहेको छ । बन्दीपुरमा करिब एक महिना बसेर ८० प्रतिशत छायांकन सक्ने योजना रहेको निर्देशक ढकालको छ ।