शुक्रबारबाट प्रदर्शनमा आएको अमिताभ बच्चन अभिनित फिल्म `शमिताभ`ले दर्शक र समिक्षकको राम्रो साथ पाएको छ । फिल्मको कथावस्तु र प्रस्तुतीलाई दर्शकले रुचाएका छन् ।

फिल्ममा बलिउडका सुपरस्टार अभिनेता अमिताभ बच्चनको कामको प्रशंसा सर्वाधिक धेरै भैरहेको छ । फिल्मको एक विशेष स्क्रिनिङमा अमिताभको परिवार नै उपस्थित भएको थियो । जहाँ जया बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन उपस्थित थिए ।
फिल्म हेरेपछि अभिनेत्री तथा अमिताभकी बुहारी ऐश्वर्याले आफूलाई कन्ट्रोल गर्न सकिनन् । उनले अमिताभलाई अंकमाल गरिन् र रोइन् ।अमिताभले पनि बुहारीको प्यारलाई आफ्नो ब्लगमा विशेष स्थान दिएका छन् ।
अमिताभले गरेको कामको प्रशंसा गरेर ऐश्वर्या थाकिनन् । बुहारीले दिएको माया र अंकमालले अमिताभ पनि खुशी देखिएका छन् ।
आर बल्कीको निर्देशनमा बनेको यो फिल्ममा अमिताभको साथमा धनुषले अभिनय गरेका छन् । यो फिल्ममा अमिताभले एक हतास र मदिरा अत्याधिक पिउने मानिसको भूमिका निर्वाह गरेका छन् ।

