'के घर के डेरा' फिल्म निर्देशन गरेका निर्देशक प्रदीप रिमालको निधन भएको छ । गए राति अमेरिका स्थित वासिङटन डिसीमा रिमालको निधन भएको हो ।

रिमाल केही समय यता अमेरिकामा परिवारका सदस्यका साथ बस्दै आएका थिए । अचानक पेट दुखेपछि हस्पिटल भर्ना भएको केही समय पछिनै उनले यो संसार त्यागेको बुझिएको छ । नेपाल भाषाको पहिलो फिल्म 'शिलु'को निर्देशन समेत गरेका रिमालले 'माया' नामक फिल्म पनि निर्देशन गरेका थिए ।
७८ बर्षको उमेरमा निधन भएका रिमालले 'हिजो आज भोली' नामक फिल्ममा अभिनय समेत गरेका थिए । लोक गायकको रूपमा समेत परिचित रिमालले 'विज्ञान दर्शक' नामक पुस्तक लेखेर मदन पुरस्कार पाएका थिए ।

