फाल्गुन ८ देखि रिलिज हुने तयारीमा रहेको फिल्म 'माला'को गीत सार्वजनिक भएको छ । अभिनेता आर्यन सिग्देलले आत्महत्या गरेको दृश्यलाई उक्त गीतमा देखाईएको छ ।
'पाप यहि पुण्य यहि…' बोलको गीतलाई फिल्मका निर्देशक सुदिप भुपाल सिंहले लेखेका हुन् भने मनोज कुमार केसीको संगीतमा मर्ता देल ग्राण्डी, सिम्मा राई र मनोज कुमार केसीले स्वर दिएका छन् ।
सस्पेन्स थ्रीलर फिल्म 'माला'मा प्रियंका कार्की सहित सुमिना घिमिरे र प्रज्वल गिरीको मुख्य भूमिका छ । ‘माला’ मा प्रियंकाले विवाहित अनि विधुवा नारीको भूमिका निभाएकी छिन् । फिल्मलाई कलाकार शिशिर राणाले निर्माण गरेका हुन् ।

