
नेपाली फिल्म बजारमा अभिनेता अनमोल केसीलाई नयाँ स्टारको रुपमा हेरिदै गर्दा उनका पिता अभिनेता भुवन केसी भने खुशीले गद्गद् छन् ।

प्रदर्शनको तयारीमा रहेको फिल्म 'जिन्दगी रक्स' युनिटले सफलता एचआइभी शिक्षा सदनका एचआइभी संक्रमित बालबालिकासँग खुसी साटासाट गरे । झण्डै तीन घण्टा ति बालबालिकासँग युनिटले समय विताउँदै नाचगान सहित खुसी साटासाट गरेको हो ।

बलिउडका चर्चित कलाकार दीलिप कुमारलाई अस्पतालमा भर्ना गरिएको छ । निमोनियाका कारण उनलाई मुम्बइको लिलावती अस्पतालमा भर्ना गरिएको हो । बिगत केहि दिनदेखि खोकी र ज्वरोबाट ग्रसित ९२ बर्षिय दिलिपलाई अहिले प्राइभेट कक्षमा राखिएको छ । उनको अवस्था गम्भिर नरहेको डाक्टरको भनाई छ ।

अभिनेत्री निश्मा घिमिरे र अभिनेता गजित बिष्टले आफूहरूलाई प्रेम गर्न लाज नलाग्ने बताएका छन् । आठ बर्षे बालक सौगात बिष्टले निर्देशन गरेको गीतमा यो जोडीले यस्तो प्रेमभाव पोखेको हो ।

अभिनेता संयम पुरीले आफूलाई साझा बससँग तुलना गरेका छन् । उनले यस्तो तुलना अरु कहिँ होइन आफैं अभिनित फिल्म ‘आभाष’को ट्रेलरमा गरेका हुन् । सार्वजनिक ट्रेलरमा अभिनेत्री प्रकृति श्रेष्ठले संयमलाई छाडेपछि यस्तो धारणा व्यक्त गरेका हुन् ।

फिल्म हाउ फन्नीको शुभसाइतसँगै छायांकन सुरु गरिएको छ । एभरेष्ट चाइल्ड केयर होम बनस्थली काठमाण्डौबाट फिल्मको मुहुर्त गर्दै छायांकन सुरु गरिएको हो । निलु डोल्मा शेर्पाको निर्देशनमा बन्न लागेको फिल्मको कार्यकारी निर्माता माल्भिका सुब्बा हुन् । फिल्ममा दयाहाड राई, प्रियंका कार्की, निशा अधिकारी, अनुप विक्रम शाही, शिशिर राणा लगायतका कलाकारले अभिनय गर्नेछन् ।

