प्रहरीद्धारा बलात्कृत प्रहरी हवल्दार सुन्तली धामीको जीवनीमा आधारित रहेर निर्माण गरिएको फिल्म ‘हवल्दार सुन्तली’ को ट्रेलर सार्वजनिक गरीएको छ । शिल्पा पोखरेलको शिर्ष भूमिका रहेको प्रस्तुत फिल्मको प्रोमो पूर्ण रूपमा कमर्शियल छ ।
छबिराज ओझाको निर्माण तथा ऋषि लामिछानेको निर्देशन रहेको फिल्ममा शिल्पा पोखरेलले सुन्तली धामीको भुमिका निर्वाह गरेकी छिन् । चैत्र २७ गते रिलिज हुन लागेको यो फिल्ममा सबिन श्रेष्ठ र किशोर खतिवडाले मुख्य भुमिका निर्वाह गरेका छन् ।

