

'आफ्नो मान्छे आफ्नै हुन्छ' र 'श्रीमान श्रीमती' निर्माण पछि निर्देशक बनेका मुनाल घिमिरेको फिल्म ‘इच्छा’ माघ २ गते देशव्यापी रिलिज हुँदैछ । दाङ, भैरहवा, काठमाण्डौ, धुलिखेल लगाएतका स्थानमा छायांकन गरिएको यो फिल्म ‘कमेडी लभ स्टोरी’ हो ।

फागुन १ गते रिलिज मिति तय गरिएको फिल्म 'वान वे'को गीत सार्वजनिक गरिएको छ । गीतमा नव अभिनेता सिद्धार्थ गुरूङले नव अभिनेत्री माला सुब्बालाई आफ्नो प्रेम दर्शाएका छन् । उनलाई फकाएका छन् ।

सुरेश नाम फिल्म बजारमा खासै राम्रो नसुनिएर नै होला आफ्नो नाम परिवर्तन गरे रेश महरठ्ठाले । रेश नाम राखेपछि फिल्मी बजारमा दुगुर्ने उनको इच्छा पक्कै होला ।

फिल्म 'मिसन पैसा रिलोडेड`को ट्रेलर सार्वजनिक कार्यक्रममा यसका निर्माता र लेखक नै दोधारमा देखिए । निर्माता माधव वाग्लेले फिल्म एक्सन–थ्रिलरमा रहेको जानकारी दिदै गर्दा यसका लेखक प्रचण्डमान श्रेष्ठले भने एक्सन कमेडीमा बनेको बताए ।

फिल्म ‘वन वे’ले गोलाप्रथामा बाजी मारेपछि अब फागुन १ लाई प्रदर्शन पक्का गरेको छ । यो मितिमा निर्माता संघका अध्यक्ष राजकुमार राईको निर्माणमा बनेको ‘वन वे’ र एफडी कम्पनीका अध्यक्ष प्रदिप कुमार उदयले बनाएको ‘अधकट्टी’ रिलिज हुने तयारीमा थिए ।

