Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`एमएसजी` नेपालमा पनि चल्ने

फिल्मीखबर, काठमाण्डौ, 2015/02/23
भारतमा विवादपछि हलमा चलेर बक्स अफिसमा धमाका मच्चाएको फिल्म `एमएसजी` अब नेपालमा पनि प्रदर्शन हुने पक्का भएको छ । यसलाई नेपालमा दर्शना आट्सले वितरण गर्नेछ ।
 
भारतको सेन्सर बोर्डले बिषयवस्तुका कारण यो फिल्मलाई पास गर्न मानेको थिएन । तर, सरकारले नै हस्तक्षेप गरेर फिल्म पास गराएपछि सेन्सरका अध्यक्षदेखि सम्पूर्ण कर्मचारीले राजीनामा दिएका थिए ।
 
भारतमा १ अर्ब भन्दा माथिको व्यापार गरिसकेको यो फिल्ममालाई बाबा गुर्मित राम रहिम सिंहले निर्देशन गरेका हुन् । फिल्ममा छायांकन, संगीत, कथा, पटकथादेखि विभिन्न १२ विधामा गुर्मित राम रहिमले नै काम गरेका छन् ।
 
यूवाहरुको कथालाई देखाएको यो फिल्मबाट उठेको सम्पूर्ण रकम समाजसेवामा खर्च गरिनेछ । वितरक दर्शना आट्सका सीइओ दिपक अधिकारीले पनि नेपालबाट आफूहरुलाई भएको फाइदा सबै समाजसेवामा नै खर्च गरिने बताए ।
 
राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा दर्शनाका सीइओ सुरेशदर्पण पोख्रेलले नेपाली फिल्म चल्ने हलमा `एमएसजी` नचलाउने बताए । 

 

Most Visited News (monthly)