गए राति सम्पन्न ८७ औं संस्करणको अस्कर अवार्डमा हलिउड फिल्म 'बर्ड म्यान'ले उत्कृष्ट भएको छ । 'बर्ड म्यान' उत्कृष्ट फिल्म सहित निर्देशक, पटकथा र छायाँकन बिधामा उत्कृष्ट ठहरियो ।

लसएन्जलसमा आयोजित समारोहमा बायोपिक फिल्म 'द थिओरी अफ एभ्रिथिङ'बाट एडी रेडमाले उत्कृष्ट अभिनेताको अवार्ड जिते भने जुलियम मूरले 'स्टिल एलिस'बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् ।
अस्कर अवार्ड जित्ने विजेताहरुको सूची यस प्रकार छ -
उत्कृष्ट फिल्म : बर्ड म्यान
उत्कृष्ट अभिनेता : ऐडी रेडमायने (द थ्योरी अफ एभ्रिथिङ्ग)
उत्कृष्ट अभिनेत्री : जुलियन मूर (स्टिल एलिस)
उत्कृष्ट निर्देशक : अलेजान्द्रो जी इर्नारितु (बर्ड म्यान)
उत्कृष्ट सह-अभिनेता : जे.के. सिमन्स (होपलेश)
उत्कृष्ट सह-अभिनेत्री : पेट्रिका फिल्म (ब्वाइहुड)
उत्कृष्ट कस्ट्यूम डिजाइन : मिलेना कानोनेरो (द ग्राण्ड बुडापेस्ट होटल)
उत्कृष्ट मेकअप र हेयर स्टाइल : फ्रान्सिस हैनन र मार्क कलियर (द ग्राण्ड बुडापेस्ट होटल)
उत्कृष्ट बिदेशी भाषा : पावेल पावलेकोविस्की (इडा -यूके)
उत्कृष्ट सर्ट फिल्म, लाइव एक्शन : मेट क्रिकेबाय र जेम्स लुकास (द फोन कल)
उत्कृष्ट साउण्ड मिक्सिङ : क्रेग मान, बेन विल्किन्स, थोमस क्रुले (विपलेश)
उत्कृष्ट साउण्ड एडिटिङ : एलन रोबर्ट मरे, बुब असमन (अमेरिकन स्नाइपर)
उत्कृष्ट फिचर एनिमेशन फिल्म : बिग हीरो ६
उत्कृष्ट भिजुअल इफेक्ट : इन्टरस्टैलर
उत्कृष्ट प्रोडक्शन डिजाइन : द ग्राण्ड बुडापेस्ट होटल
उत्कृष्ट डकुमेन्ट्री फिचर: सिटिजन फोर
उत्कृष्ट एडिटिङ : व्हिपलेश

