Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

शिल्पाको घन्टी बज्यो

फिल्मीखबर, काठमाण्डौ, 2015/02/23
चैत्र २७ गतेबाट प्रदर्शन हुन लागेको फिल्म 'हवल्दार सुन्तली'को 'घन्टी बज्यो...' बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार सविन श्रेष्ठ र शिल्पा पोख्रेललाई देखाइएको छ ।
 
 
छविराज प्रोडक्शनको ब्यानरमा छविराज ओझाले निर्माण गरेको यो फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । फिल्ममा किशोर खतिवडा पनि मुख्य भूमिकामा छन् ।
 
'घन्टी बज्यो...' बोलको गीतमा टंक बुढाथोकी र मिलन अमात्यको स्वर छ । यो गीतमा टंककै संगीत, दिनेश सुवेदीको शब्द छ ।
 
मदन काश्यप घिमिरेको छायांकन, कविराज गहतराजको नृत्य, अनन्त थपलियाको सम्पादन रहेको फिल्मले बलात्कारको शिकार भएकी सुन्तली धामीको कथालाई उठाएको छ ।
 

Most Visited News (monthly)