Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जीवन र अनुको `बाजिगर`

फिल्मीखबर, काठमाण्डौ, 2015/02/23
बलिउडमा साहरुख खान र काजोल अभिनित फिल्म 'बाजिगर' सुपरहिट भएको थियो । नेपालमा यही नाम सापटी लिएर फिल्म बनाउन लागिएको छ ।
 
 
फिल्मको नामले बलिउड फिल्मको झल्को दिने भन्दै आलोचना भएपछि यसका निर्माता शेखर कोइराला नाम परिवर्तन गर्ने सोचमा छन् । यो फिल्मको आज शुभसाइत गरिएको छ । फिल्मको निर्देशन रन्जित रानाले गर्ने छन् । फिल्ममा जया ओझाको कथा छ ।
 
यो फिल्मका लागि जीवन लुईटेल, अनु शाह, ध्रुब कोइराला, श्याम राई पक्का भएका छन् । एक मुख्य अभिनेता र एक अभिनेत्री भने पक्का हुन बाँकी रहेको जानकारी दिईयो । फिल्ममा मदनकाश्यप घिमिरेको छायांकन, बसन्त सापकोटाको संगीत हुनेछ ।
 
 
अभिनेता जीवन लुईटेल अमेरिकामा रहेकाले शुभसाइत समारोहमा उपस्थित हुन सकेनन् । अभिनेत्री अनु शाह भने कोटेश्वरको महादेवस्थानमा गरिएको शुभसाइत समारोहमा उपस्थित थिइन् । फिल्मको छायांकन फागुनको अन्तिमबाट सुरु गर्ने तयारी गरिएको छ ।
 
तस्विर सौजन्य : अनुप भट्टराई
 
Most Visited News (monthly)