Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

चुरोट पिउनेसँग शाहरूख नबस्ने

फिल्मीखबर, काठमाण्डौ, 2015/02/24
शाहरूख खान बलिउडका वादशाह हुन् । तर, उनलाई आफ्नो एक बानीले हैरान भने बनाएको छ । शाहरूख लामो समयदेखि धुम्रपानको शिकार नै बनेका छन् । उनले दिनमा सय वटासम्म चुरोट तान्ने गरेको बताएका छन् । शाहरूखको यो बानीले उनका साथीभाई, परिवारदेखि स्वयंम उनलाई नै हैरान बनाएको छ ।
 
 
५० बर्षको उमेरमा लाग्दै गर्दा शाहरूखलाई आफ्नो यो नराम्रो बानीले ब्यूँझाएको छ । अब उनी चुरोट छाड्ने अभियानमा लागेका छन् । शाहरूखकी छोरी सुहानाले पनि लामो समयदेखि आफ्नो पिताको यो बानीलाई छुटाउने प्रयास गरिरहेकी थिइन् ।
 
शाहरूखले ट्विटरमा एक तस्बिर पोष्ट गर्दै आफू चुरोट पिउनेसँग कुरा नगर्ने बताएका छन् । साथै उनले चुरोट छाड्नका लागि बिहान करिब १ सय मिटर पनि दौडन थालेको लेखेका छन् ।
 
शाहरूख बिहान दौडनुको कारण चुरोट छाड्ने अभियानमा लागेको बताइन्छ । उनको यो गलत बानीले चाडै नै छुटकारा पाउने अपेक्षा गरिएको छ ।
Most Visited News (monthly)